झापा- झापामा पिक भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
बुद्धशान्ति गाउँपालिका–३ मा उत्तरतर्फ आउँदै गरेको मे १ च ६४१३ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा पैदल यात्री एक पुरुषको मृत्यु भएको हो । अन्दाजी ४० वर्षीय पुरुषको परिचय नखुलेको प्रहरीले जनाएको छ ।
गाडीको ठक्करबाट गम्भीर घाइते भएका पुरुषको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाडी चालक ताप्लेजुङ घर भएका ५४ वर्षीय चुनचुन सन्तोष राईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।