नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीमा आफ्नो भजनमण्डली बाहेक अरुलाई नसहने प्रबृती रहेको र हामी ओलीको दास हैन भन्दै कडा आलोचना गरेका छन ।
शुक्रबार विराटनगरमा नेता नेपालले आफू खुसी काम गर्दै आएका ओलीका सबै कुरा आफूहरुले नमान्ने उल्लेख गरे । उनले आफूहरू केपी ओलीको दास नभएको पनि बताए । नेता नेपालले विधानविपरीत काम गर्ने ओलीलाई साथ दिनेहरू दास भएको टिप्पणी गरे ।
ओली प्रति निक्कै आक्रोशित देखिएका नेता नेपालले भने, ‘हामी सबै पदाधिकारीको पद चैट हुने ओलीको बाँकी रहने ? यस्तो पनि कही हुन्छ ? ’
ओलीले पूरै अवैधानिक कदम चालेको बताउँदै नेपालले भने, ‘उहाँले विधान र विधिविपरीत काम गर्नु भएको छ । विधानविपरीत कामगर्ने कुरालाई पनि साथ दिने दास हुन् । हामी दास होइनौँ । हामी ओलीको मुख हेरेर अगाडि बढेका होइनौं ।
उनले ओलीमा असहिष्णुताको प्रवृति चरम पराकाष्ठमा पुगेको आरोप लगाए ।
उनले भने, ‘उहाँका भक्तजन, भजनमण्डली बाहेक अरु कसैलाई उहाँ सहन गर्नुहुन्न । उहाँमा असहिष्णुताको प्रवृति चरम पराकाष्ठामा पुगेको छ । उहाँ एक्लिँदै जानु भएको छ ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।