कांग्रेसमा शेरबहादुरको बिकल्पको रुपमा बरिष्ठनेता प्रकासमान सिंह लाई हेर्न थालिएको छ ।
अहिलेको अबस्थामा जनताको बिचमा देउबाको छबी टेस्टेड भईसकेको र देउवाले सरकामा गएर प्रभाबकारी काम गर्न नसक्ने जनस्तरबाट आवाज उठिरहेको अबस्था छ । अझ बरिष्ठनेता रामचन्द्र पौडेल चुनाब पराजित भएको अबस्थामा स्वत प्रकासमान सिंह बलियो अबस्थामा देखिएका छन ।
जनस्तरबाट युवाले नेत्रीत्वपाउनु पर्छ भन्ने आवाज उठिरको अबस्थामा युवाले कांग्रेसभित्र अहिल्यै नेत्रीत्व पाउने बातावरण नबनेको अबस्था देखिन्छ त्यसैले युवा नेताहरुले पनि सभापति देउवालाई भन्दा प्रकासमान लाई सगाउने मनसायमा पुगेको बताईन्छ ।
पार्टी भित्र सभापति देउबा बलियो पोजीसनमा रहे पनि चौतर्फि दबाबको कारण प्रधानमन्त्रिको बिकल्प दिनु पर्ने स्थितिमा प्रकासमाननै बलियो पोसिसनमा देखिएका छन ।
कोईराला परिवार भित्रको खिचातानिले पनि प्रकासमानलाई सहयोग पुगेको एक जानकार बताउछन । शेखरकोईराला पनि बिकल्प बन्न सक्ने अबस्था हुदा हुदै पनि कोईराला परिवार भित्रको खिचातनिले शेखर प्रधानमन्त्रीको बिकल्प बन्न नसक्ने बताईन्छ । कांग्रेस भित्र शेरवहादुरको बिकल्प रामचन्द्र स्वत हुन तर उनले यसपटकको चुनाबमा पराजय भोगेका कारण उनि प्रधानमन्त्री बन्न पाउदैनन ।
वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधि सभा सदस्य नभएको र पौडेल समूहमा मुख्य दाबेदार कोइराला परिवार भित्रबाट कोहि हुन सक्ने र प्रकाशमान सिंह रहेकाले उनीहरुमध्ये एकलाई अगाडि सार्दा प्रकासमान स्वत बलियो पोजिसनमा रहेको देखिन्छ ।
कोइराला परिवार भित्रबाट कोहि पनि अहिले सरकारको नेतृत्वका लागि जाने पक्षमा नभएको बुझिएको छ र कोईराला परिवारबाट पनि सिंहलाई प्रधानमन्त्रीको रुपमा अगाडि बढाउन खोजिएको जस्तो देखिने एक नेताले नाम नखुलाउने सर्तमा बताएका छन ।
पछिल्लो पटकको काँग्रेस संसदीय दलको निर्वाचनमा प्रकाशमान सिंहले २१ भोट ल्याएका थिए । जबकि ३२ भोट ल्याए त्यहाँ मेजोरिटी पुग्थ्यो। त्यो बेला देखिनै देउबाको बिकल्पको रुपमा प्रकासमानलाई हेर्न थलिएको हो ।