बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

सरकार बनाउन अब आफै अघि सरेका हुन त शेरबहादुर ?


  • शुक्रबार, चैत्र २७ २०७७
8.9K
SHARES

फाईल तस्बिर

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरे पनि पार्टी सभापति शेरबहादुर देउवाले चसो दिएको पाईएको थिएन ।

बरू वरिष्ठ नेता रामचन्द्र पौडेल यसबीचमा सक्रिय रहे। उनले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरसँग कुराकानी गरेर सभापति देउवालाई भेटेर सरकार बनाउनु पर्ने पहल गर्न दबाब दिएको समाचार बाहिरिएका थिए।

जसपाले उठाएका मुद्दा फिर्तालगायतका माग पूरा गर्न सकिने खालका रहेकोले देउवाले ठाकुरसँग कुराकानी गरे गठबन्धन बनाएर जान सकिने निचोडमा पौडेल पुगेका छन्। तर पौडेलले चाहेजस्तो देउवाले कुनै पनि दलका नेताहरु संग भेटेका थिएनन।

माओवादी केन्द्रले पटकपटक नयाँ सरकार बनाउन गरेको आग्रह र एमाले प्रवेश गरेका आफ्ना सांसदलाई माओवादीले कारवाहीको डण्डा चलाउन थालेपछि देउवाले बल्ल सरकार निर्माणका लागि नयाँ गठबन्धन बनाउनेबारे पहलकदमी गर्ने मनसाय रहेको बुझिदै छ ।

नया गठबनधनको मनसायले देउवाले तीन दलको बैठक आह्वान गरेका छन । शुक्रबार अपरान्ह ३ बजे सभापति देउवाको निवास बुढानिलकण्ठमा तीन दलको बैठक बस्दैछ।

देउवाले बैठकमापार्टीका पदाधिकारी सहभागी गराउनेछन्। माओवादी केन्द्र र जसपाबाट शीर्ष नेतालाई बोलाइएको छ। कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत नेता बैठकमा हुनेछन्।

आजको बैठक मुख्यगरी नयाँ गठबन्धन निर्माणमा केन्द्रीत रहने देउवानिकट कांग्रेसका एक नेता बताउँछन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा