बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

सपथको निम्तो कुर्दै सांसदबाट निलम्बित भएका चार जना,ओलीले निम्तो देलान त ?


  • शुक्रबार, चैत्र २७ २०७७
11.2K
SHARES

फाईल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सांसदबाट पदमुक्त गरेका चार जनाले मन्त्री रहिरहन फेरि सपथ लिनु पर्ने भएको छ।बिहीबार सांसदसँगै मन्त्रीबाट पनि पदमुक्त भएका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीले फेरि सपथ लिनु पर्ने भएको हो।

उनीहरू फेरि मन्त्री नियुक्त हुन्छन् कि हुन्नन्? भए भने सपथ कहिले हुन्छ भन्ने टुंगो भएको छैन। फेरि सपथ लिनु पर्ने भएकाले उनीहरू शुक्रबार भने मन्त्रालय जाने छैनन्।

‘हामी सपथको खबर कुरिरहेका छौं। प्रक्रिया मिलेपछि सपथ हुन्छ होला,’ पदमुक्त भएका प्रभु साहले सेतोपाटीसँग भने,‘आज त मन्त्रालय जाँदैनौं।

संघीय सांसद नरहेका व्यक्तिलाई प्रधानमन्त्रीले ६ महिनाका लागि मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ। माओवादी केन्द्र छोडेर आफूसँग आएका उनीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अब त्यही व्यवस्थाअनुसार मन्त्री बनाउनु पर्ने छ। यसअघि उनले माओवादी छोडेर आएका मणि थापा र दावा लामालाई यही व्यवस्थाअनुसार मन्त्री बनाएका छन्।

प्रधानमन्त्री ओलीले उनीहरूलाई आजै मन्त्री नियुक्त गरेर सपथ गराउने सम्भावना कम छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा