काँग्रेस सांसद देवप्रसाद तिमिल्सिनाले सत्ता पक्षले देशमा विकासै विकास भएको दावी गरेपनि देशमा उत्पादित काठ बेच्न छोडेर मलेसियाबाट अर्वौै रुपैयाँको काठ ल्याउने नाममा भ्रष्टाचार गरिरहेको बताएका छन् ।
बिहीबारको प्रतिनिधि सभामा आफ्नो धारणा राख्दै सांसद तिमिल्सिनाले सरकार पक्षले कही नभएको विकास नेपालमा भएको र अहिले मात्रै विधिको शासन भनेर भनेपनि सरकार आफै विधिको शासन विपरित गइरहेको बताए ।
प्रधानमन्त्रीको राजीनामा हामीले मागेको होइन, संविधानसम्मत काम नगर्ने सरकार संविधानको राइटमा बस्न उचित छ की छैन ?’, सांसद तिमिल्सिनाले प्रश्न गर्दै भने, ‘कानुनी राज्यको पालना गर्नुपर्छ कि पर्दैन त्यतातिर केन्द्रीत भएर बोल्नुपर्यो सवैले ।
डढेलो लागि रहेको छ । यो सरकारले तीन बर्षदेखि उत्पादन गरेको काठ बेच्न सकेको छैन । हिजो पनि डढेलो लाग्थ्यो, तर यस्तो प्रदुषण आएको थिएन । काठ विक्री गरिएन । अर्बौ र खर्बौं रुपैयाँको काठ डढेर नष्ट भएको छ जसका कारणले काठमाडौ विश्वको पहिलो प्रदूषित शहर भएको छ’, तिमिल्सिनाले भने, ‘आफ्नो देशमा उत्पादन भएको काठ जनतालाई बेच्न नसक्ने अनि मलेसियाबाट खर्बौंको काठ ल्याएर कमिशन खान सहज भएकाले यो परिस्थिति आएको हो ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।