बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

बालुवाटारमा बालुवा पेलेर क्रान्ति बच्दैन : प्रचण्ड


  • बिहिबार, चैत्र २६ २०७७
9.6K
SHARES

फाईल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लेप्रतिक्रान्तिको घण्टी बजिसक्यो त्यसकारण बालुवाटारमा बालुवा पेलेर क्रान्ति नबच्ने अभिब्यक्ति दिएका छन ।

प्रचण्डले  देशमा प्रतिक्रान्तिको  खतराका घण्टी बजिरहेको भन्दै सबै परिवर्तनकारी शक्तिहरु एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

बिहीबार प्रतिरोध दिवसको अवसरमा पार्टी निकट अखिल नेपाल महिला संघ कर्णाली प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सुर्खेतमा सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रान्तितर्फ अघि बढेको आरोप लगाए । उनले बालुवाटारमा सहमतिको नाममा बालुवा पेल्नुको औचित्य नभएको भन्दै त्यसरी क्रान्ति नबच्ने भएकाले फेरि जनतामाझ आएको बताए ।

सिंहदरबार भित्रबाट या बालुवाटारमा बालुवा पेलेर यो क्रान्ति बच्ने भएन । अब जसले यो क्रान्ति ल्याएको हो तिनै जनताको घर दैलोमा फर्किनुपर्छ भन्ने हामीले निर्क्योल लियौं, मैले एउटा संकल्प गरेँ र म कर्णाली प्रदेशमा आएँ’, प्रचण्डले भने।

प्रतिनिधिसभा विघटन गरेर संविधान विरोधी काम प्रधानमन्त्रीबाटै भएको उल्लेख गर्दै उनले आफूहरुले शान्तिपूर्ण रुपमा सो कदमलाई परास्त गर्न लागिपरेको स्मरण गर्दै त्यही कदमलाई सर्वोच्चले पनि गलत भनिदिएको बताए । सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरिदिए पनि प्रतिक्रान्तिको खतरा कायमै भएकाले प्रतिक्रियावादीहरुलाई परास्त गर्न महिलाहरुले विद्रोहको झण्डासहित उत्रिनुपर्ने र त्यो निकै महँगो पर्ने चेतावनी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा