बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएर गगन थापाले बालहठ प्रदर्शन नगर्दै राम्रो : महेश बस्नेत


  • बिहिबार, चैत्र २६ २०७७
12K
SHARES

फाईल तस्बिर

एमाले सांसद महेश बस्नेतले कांग्रेसका सांसद गगन थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएर बालहठ प्रदर्शन गरेको बताए । बिहिबार प्रतिनिधिसभाको बैठकमा गगन थापाले प्रधानमन्त्री ओलीलाई उद्घाटनको तमासा गरेको भन्दै कति विकास भयो छुट्टै बसेर बहस गर्न चुनौती दिएका थिए ।

सांसद बस्नेतले २०७४ सालको चुनावमा एमालेलाई जनताले बहुमत दिएको र कांग्रेसले प्रत्यक्षमा २३ सिट मात्र जितेर समानुपातिकबाट ६३ सिट ल्याएको उल्लेख गर्दै भने– ‘प्रधानमन्त्रीलाई चुनौती दिएर बालहठ गर्ने कांग्रेसका साथीहरुलाई म के भन्न चाहन्छु भने यो बोकाको शैलीले दाई गरिँदैन दाई गर्नका लागि गोरुकै शैली चाहिन्छ । अहिले प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेकपा एमालेले प्रतिनिधित्व गर्छ । प्रधानमन्त्रीले ल्याएका योजनाहरुलाई सके सहयोग गरौँ नसके वस्तुनिष्ठ ढंगले विश्लेषण गरौँ ।’

उनले त्रेता र द्वापर युगमा समेत रावण र कंश प्रवृत्ति रहेको भन्दै अहिले प्रधानमन्त्री ओलीले त्यस्ता प्रवृत्तिलाई परास्त गर्दै राजनेताको रुपमा अघि बढेको दावी गरे । उनले रानीपोखरी बनेको कुराले भानु स्कुल बनेको कुराले एकैदिन ३ सय ९६ अस्पताल शिलान्यास भएको कुराले किन टाउको दुख्दैछ भन्दै प्रश्न गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा