बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

संसदले काम गर्न नसके सभामुखमाथि प्रश्न उठ्छ : सांसद पण्डित


  • बिहिबार, चैत्र २६ २०७७
8.2K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका सांसद लालबाबु पण्डितले संसदले काम गर्न नसकेमा सरकारमाथि नभई सभामुखमाथि प्रश्न उठ्ने बताएका छन् ।

प्रतिनिधिसभाको यो विधेयक अधिवेशनमा एउटा पनि विधेयक पारित नभएको भन्दै उनले संसदले काम गर्न नसकेको दोष सरकारको भन्दा सभामुखको बढी हुने बताए ।

संसदले काम गर्न सकेन भन्ने प्रश्न उठ्छ भने, संसदको पदाधिकारी सभामुखमाथि पनि प्रश्न उठ्छ’ उनले भने, ‘सरकारमाथि मात्र प्रश्न उठ्दैन ।’

संसदमा आएका विधेयक र सन्धि सम्झौताहरु अगाडि बढाउन कुन पार्टी र कुन मन्त्रीले रोकेको छ भन्दै सांसद पण्डितले कुनै बाधा अवरोध भए संसदलाई जानकारी गराउन आग्रह गरे ।

‘एकतर्फी रुपमा सरकारले काम दिएन, संसदको काम छैन, जनताका समस्या सरकारले बुझ्न सकेन भन्यो भने के हुन्छ, पूर्वाग्रह भन्दा केही हुँदैन’ उनले भने ।

संसदको अगुवाइ कुशलतापूर्वक भएन भने प्रधानमन्त्री र मन्त्रीलाई दोष लगाएर उम्बिन नमिल्ने सांसद पण्डितले बताए ।

‘त्यसैले ठोस कदम चाल्न, विधेयक अगाडि बढाउन, सन्धि सम्झौताका प्रस्ताव अगाडि बढाउनका लागि म हार्दिक आग्रह गर्न चाहन्छु’ उनले भने, ‘यसमा सभामुखको विशेष भूमिका चाहन्छु ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा