बुधबार, असार ९ २०७८
ताजा अपडेट

कसरी रहने सधैं स्वस्थ ?


  • KTM Khabar
  • बिहिबार, चैत्र २६ २०७७
6.8K
SHARES

फाईल तस्बिर

अव्यवस्थित जीवनशैली, खानपान, प्रदूषण आदिका कारणले हामीले चाहेर पनि आफूलाई स्वस्थ राख्न असमर्थ भइरहेका हुन्छौं । यसबाहेक तनावपूर्ण जीवनशैलीले पनि हामीलाई स्वस्थ भइरहन दिँदैन । यसका साथै शारीरिक परिश्रमको कमी, व्यायामको कमी, अनियन्त्रित धुम्रपान तथा मद्यपान, अव्यवस्थित खान जस्ता कुराहरुले हामीलाई उमेरभन्दा अगाडि नै अस्वस्थ बनाइरहेको हुन्छ ।

स्वस्थ खानपान
हामीले प्रत्येक दिन खाने खानामा हरिया सागसब्जी, फलफूल, रेसादार खाना, झोलयुक्त खाना भन्ने बुझिन्छ । हामीले आफूलाई स्वस्थ राख्नका लागि हरेक दिन चार-पाँच पटक फलफूलको सेवन गर्नैपर्छ । यसबाहेक खानामा सागसब्जीको मात्रा बढी हुुनुपर्छ । बिहान ब्रेकफास्ट गर्न भुल्नु हुँदैन । बिहानको ब्रेकफास्टले हरेक व्यक्तिलाई आवश्यक उर्जा तथा शरीरका लागि आवश्यक शक्ति प्रदान गर्छ ।

सधैं सक्रिय जीवन
निष्कृय भएर घरमै बसिरहनुभयो भने तपाईंं स्वतः अस्वस्थ हुनुहुनेछ । त्यसैले सकेसम्म हरेक दिन हल्का-फुल्का भएपनि व्यायाम गर्नुपर्छ । शारीरिक व्यायामले तपाईंंको मुटुमात्र होइन शरीरका अन्य अंगहरु समेत मजबुत हुनेछन् । व्यायाम भन्नाले तपाईंंले जिमखानामा गएर पसिना नै बगाउनुपर्छ भन्ने छैन । सामान्य हिँडडुल, पौडी, साइक्लिङ, एरोबिक्स, नृत्य आदिले पनि ब्यायाम हुनसक्छ ।

पानी जिन्दगानी
हाम्रो शरीरमा सधैं पानीको मात्र सन्तुलित भइरहनुपर्छ । शरीरमा पानीको मात्रालाई सन्तुलित बनाइराख्न अत्यधिक मात्रामा पानी पिउनुपर्छ ।

गहिरो निद्रा
व्यस्तताले भरिएको जीवनमा हामी राति सुत्न समेत कम गरेका छौं । यद्यपि, स्वस्थ जीवनका लागि पूर्ण अथवा गहिरो निन्द्रा अति नै अनिवार्य छ । मस्त निदाउनाले हामी आफैं स्वस्थ बन्न सक्छौं । राम्ररी निदाउनुका आफ्नै फाइदाहरु पनि छन् । यसबाहेक हामी भित्रको डर तथा शंका-उपशंकाहरु समेत हराएर जान्छन् । त्यसैले हामीले हरेक दिन कम्तिमा ७ देखि ८ घण्टासम्म सुत्नैपर्छ ।

नुनको सीमित प्रयोग
नुन शरीरका लागि अति आवश्यक पदार्थ हो । यद्यपि आवश्यता भन्दा बढी नुनको सेवन असाध्यै हानिकारक समेत हुन्छ । हाम्रा शरीरको रक्तचापलाई नियन्त्रणमा राख्नका लागि नुनको प्रयोग गर्ने सीमालाई हरेक दिन छ ग्राममा सीमित पार्नुपर्छ ।

तौलमा नियन्त्रण
तौललाई सकेसम्म नियन्त्रण गर्नु नै फाइदाजनक हुने छ । तपाईंंको उचाई अनुसार तौल निर्धारण गर्ने वैज्ञानिक तरिका पनि छ । त्यसैले आफ्नो उचाई अनुसार तपाईंंको तौल बढी छ भने त्यसलाई घटाउनु नै बुद्धिमानी हुन्छ ।

मद्यपान र धुम्रपानरहित जीवन
मद्यपान र धुम्रपान स्वास्थका लागि सधैं नै हानिकारक मानिन्छन् । त्यसैले स्वस्थ जीवन जीउन चाहनेले यी दुबै कुराबाट जोगिनु नै उत्तम हुन्छ ।

नियमित स्वास्थ्य जाँच
हामी मध्ये अधिकांश व्यक्तिहरु प्रायः बिरामी भएपछि मात्र चिकित्सककहाँ जाने गर्छौं । यो असाध्यै खराब बानी हो । त्यसैले इमर्जेन्सी नभए पनि बेला-बेलामा अस्पताल गएर आफ्नो शरीरको नियमित जाँच गराइरहनु पर्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा