नेपाल कम्युनिष्ट पार्टी एमालेका ओली पक्षीय नेता कर्णबहादुर थापाले वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका केही नेता अब पार्टीन नरहने कुरा बताएका छन ।
एक टेलीभिजन कार्यक्रममा बोल्दै थापाले नेपाल लगायतका नेताले पार्टीको विधानविपरितका काम गरेकाले पार्टीमा नरहने बताएका हुन । यद्यपि उनले पार्टी भने नफुट्ने दावी गरेका थिए।
थापाले केपी शर्मा ओली नेतृत्वको सरकारले निर्वाचन गराउने बताए । अहिलेको सरकार २ वर्षसम्म टिक्ने दावी गर्दै उनले अहिलेको सरकारले नै निर्वाचन गराउने जिकिर गरेका थिए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।