शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

समयमै दोस्रो किस्ताको कर तिर्न सरकारको ताकेता, नतिरे जरिवाना


  • बुधबार, चैत्र २५ २०७७
17.7K
SHARES

फाईल तस्बिर

सरकारले चालू आर्थिक वर्ष २०७७/७८ को आयकरको दोस्रो किस्ता समयमै तिर्न  करदातासँग ताकेता गरेको छ । आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै दोस्रो किस्ता कर समयमै तिर्न भनेकोे हो । आन्तरिक राजस्व विभागले चालू आवको आयकरको दोस्रो किस्ता बापत अनुमानित करको ७० प्रतिशत रकम मध्ये तिर्न बाँकी रकम तिर्न आग्रह गरेको हो ।

विभागले चालू आर्थिक वर्षको आयकरको दोस्रो किस्ता बापतको कर रकम चैत मसान्तसम्म तिर्न भनेको छ ।  विभागले यसअघि पेस गरिएको अनुमानित आय विवरण संशोधन गर्नुपर्ने भएमा सो समेत चैत मसान्त भित्र गरिसक्न आग्रह गरेको छ । समयमा कर नबुझाएमा कानुन अनुसार शूल्क, जरिवाना तथा ब्याज लाग्ने विभागले चेतावनी दिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा