शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

चोटले डुबायो कोउटिन्होलाई : अर्को अप्रेसन गरिँदै


  • बुधबार, चैत्र २५ २०७७
12.1K
SHARES

फाईल तस्बिर

स्पेनिस क्लब बार्सिलोना तथा ब्राजिलका मिडफिल्डर फिलिपे कोउटिन्हो मैदान फर्किने प्रतीक्षा थप लम्बिने भएको छ ।

चोटसँग जुधिरहेका उनको अर्को अप्रेसन हुने भएको छ । हाल उपचारक्रममा आफ्नै देश ब्राजिलमा रहेका उनको स्वास्थ्यमा सुधार नआएपछि देब्रे घुँडामा दोस्रोपटक अप्रेसनको तयारी भएको ब्राजिलियन मिडियाले जनाएका छन् । कोउटिन्हो एक साताअघि मात्रै थप उपचारका लागि ब्राजिल प्रस्थान गरेको बासिलोनाले प्रेस नोट जारी गरेर बताएको थियो ।

कोउटिन्हो तीन महिनाभन्दा बढी समयदेखि घाइते छन् । उनले यो सिजन निकै थोरै मात्र खेल खेलेका छन् । सुरुआतमा स्पेनमै उनको अप्रेसनपछि उपचार अघि बढाइए पनि अपेक्षाअनुसार सुधार नभएपछि उनको ब्राजिलमा थप उपचार हुने भएको हो । घुँडाको अप्रेसनपछि अपेक्षा अनुसार सुधार नहुँदा मेडिकल टिमले उनलाई दोस्रो अप्रेसनका लागि सुझाव दिएपछि कोउटिन्हो ब्राजिल प्रस्थान गरेका हुन् । उनको केही दिनभित्रै अप्रेसन हुने बताइएको छ ।

कोउटिन्होले बार्सिलोनाका लागि हालसम्म कूल ९० खेल खेल्दै २४ गोल गरेका छन् । यस सिजन त उनले हालसम्म १४ खेलबाट मात्रै ३ गोल गरेका छन् । २८ वर्षका कोउटिन्होलाई बार्सिलोनाले आगामी समर सिजनमा बेच्न लागेको छ । उनी सन् २०१७ को जनवरी विन्डोमा इंग्लिस क्लब लिभरपुलबाट १६० मिलियन युरोमा बार्सिलोना पुगेका थिए । तर, बार्सिलोनामा उनी अपेक्षाअनुसार जम्न सकेनन् । गत सिजन उनले जर्मन क्लब बार्यन म्युनिखमा एक सिजन लोनमा बिताउँदै च्याम्पियन्स लिगसहित ट्रिबेल उपाधि जिते पनि बार्सिलोनामा उनी समग्रमा असफल खेलाडी मानिन्छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा