कैलालीको टीकापुर नगरपालिका–१, टीकापुर पार्कमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
बुधबार बिहान ८ बजे नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट टीकापुर नगरपालिका १० बस्ने ६० वर्षीया पद्मा साउदको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकलसहित चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।