बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

राइस कुकरमा लुकाएर ल्याएको सुन बरामद


  • बुधबार, चैत्र २५ २०७७
7.1K
SHARES

फाईल तस्बिर

खाना पकाउने कुकरमा लुकाएर ल्याएको सुन बरामद भएको छ । लुकाएर ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको छ ।

दुबईबाट आएका धनुषाका प्रगास महराले ल्याएको सुन भन्सार जाँच गर्दा फेला परेको थियो । ८ सय ८४ ग्राम सुनसहित उनलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

फ्लाई दुबईबाट आएका महराले कुकरको भित्रपट्टि पिँधमा सुन फिट गरेर ल्याएका थिए । कुकर खोलेर हेर्दा पनि लुकाएको पत्ता नलाग्ने गरी फिट गरेको सुन एक्सरे मेसिनमा देखिएपछि विमानस्थलमा खटिएका प्रहरी र भन्सार कर्मचारीले फोडेर हेरेका थिए ।

महरा धनुषाको मिथिला नगरपालिकाका स्थानीय हुन् । कुकर कम्पनीमा नै सो सुन फिट गरेको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा