बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

माओवादीले गर्‍यो ४ संघीय सांसदलाई कारबाही, निलम्बन गरेको पत्र संसद सचिवालयमा दर्ता


  • मंगलबार, चैत्र २४ २०७७
12.2K
SHARES

फाईल तस्बिर

नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभामा विजयी ४ सांसदको पद निलम्बन भएको छ ।

सोबारेमा पत्र मंगलबार माओवादीले संसद सचिवालयमा दर्ता भएको माओवादी संसदीय दलका  प्रमुख सचेतक देव गुरुङले रातोपाटीलाई जानकारी गराए ।

गुरुङले सांसदहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरी शंकर चौधरीलाई पार्टी सदस्य र सांसद समेत नरहने गरी कारबाही गरिएको पत्र संसद सचिवालयमा दर्ता गरिएको जानकारी दिए ।

चारै सांसद केपी ओली सरकारमा मन्त्री रहेका छन् । उनीहरु माओवादी छाडेर केही समय पहिले ओली नेतृत्वको एमालेमा लागेका थिए भने पार्टीले स्पष्टीकरण सोध्दा समेत उनीहरुले जवाफ दिएका थिएनन् ।

मन्त्री रामबहादुर थापा बादलबारे कारबाही गरेको पत्र भने माओवादीले सचिवालयमा दर्ता गराइसकेको छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा