बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

एमाले प्रवेश गरेको १८ दिनमै व्यवसायी किशोर प्रधानलाई सरकारले नियुक्ति उपहार


  • मंगलबार, चैत्र २४ २०७७
7.8K
SHARES

फाईल तस्बिर

एमाले प्रवेश गरेको १८ दिनमै व्यवसायी किशोर प्रधानलाई सरकारले नियुक्ति उपहार दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मंगलबार मोरङका किशोरकुमार प्रधानलाई नेपाल वायुसेवा निगमको सञ्चालकमा नियुक्त गरेको मन्त्री ढकालको सचिवालयले जानकारी गराएको छ ।

नेपाल वायुसेवा निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४ को उपदफा १ बमोजिम उनलाई निगमको सञ्चालकमा नियुक्त गरिएको सचिवालयले जानकारी गराएको छ । उनको कार्यकाल ४ वर्षको हुनेछ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रधानसहितका उद्योगी–व्यवसायी चैत ६ मा एमाले प्रवेश गरेका थिए । उनलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा