आफ्नो सरकारलाई दिएको समर्थन फिर्ता लिएर एमाले मन्त्रीहरूले राजीनामा दिन लागेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अन्तिम क्याबिनेट बैठक बस्न प्रस्ताव गरेका छन्।
कर्णाली प्रदेशका तीन जना मन्त्रीहरूले मंगलबार राजीनामा दिने भएका छन्।
नेकपा एमालेबाट मन्त्री भएकाहरूले आज राजीनामा दिन लागेका हुन्। आफ्नो सरकारलाई दिएको समर्थन फिर्ता लिएर एमाले मन्त्रीहरूले राजीनामा दिन लागेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अन्तिम क्याबिनेट बैठक बस्न प्रस्ताव गरेका छन्।
‘हामीले राजीनामा पत्रमा हस्ताक्षर गरिसकेका छौं। मुख्यमन्त्रीज्यूले अन्तिम पटक क्याबिनेट बैठक बसौं न भन्नु भएकाले हामी बैठकमा जाँदैछौं,’ अर्थमन्त्री प्रकाश ज्वालाले सेतोपाटीसँग भने,‘बैठकपछि राजीनामा बुझाउँछौं।’
शाहीको मन्त्रिमण्डलमा एमालेबाट प्रकाश ज्वाला अर्थमन्त्री, दल रावल सामाजिक विकास मन्त्री र नन्दसिंह बुढा उद्योग मन्त्री छन्।
एमालेले समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री शाहीको मन्त्रिपरिषद पनि अल्पमतमा पर्नेछ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।