बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिइएको बाघ ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ ।
मंगलबार बिहान काठमाडौँ ल्याइएको नरभक्षी बाघलाई चिडियाखानामा राखिएको हो ।
बाघलाई आइतबार साँझ निकुञ्जको टोलीले नियन्त्रणमा लिएको थियो ।
यो बाघको आक्रमणमा परी आइतबार हात्ती चराउँदै गरेका माहुतेको मृत्यु भएको थियो ।
घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी हात्तीसारका कर्मचारी ३१ वर्षीय माहुते पुलिसराम चौधरीको मृत्यु भएको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।