काठमाडौंमा अझै केही दिन वायु प्रदूषण उच्च रहने भएको छ । कम्तिमा आज र भोलिसम्म काठमाडौंमा वायु प्रदूषण उच्च रहने भएको हो ।
पश्चिमी वायु सक्रिय नभएको र पानी नपरेका कारण वायु प्रदूषण नहटेको मौसमविद्ले बताएका छन् । “आज र भोलि अझै काठमाडौंमा वायु प्रदूषण घट्ने अवस्था छैन । काठमाडौंमा आज पनि पानी पर्ने सम्भावना देखिएको छैन । त्यसैले अहिलेकै अवास्था अझै आज र भोलि रहने छ। सोमबार जस्तै आज पनि काठमाडौंको वायु प्रदूषण उच्च रहने छ । उच्च वायु प्रदूषणका कारण भिजिविलिटी कम हुने छ ।
हिजो काठमाडौं विश्वकै प्रदूषित सहरहरुमध्ये एक नम्बरमा परेको थियो । पानी नपरेसम्म यो अवस्था कायम रहने मौसमविद्ले बताएका छन् । पश्चिमी वायु पश्चिम नेपालमा केही सक्रिय भए पनि त्यो काठमाडौंसम्म आइपुगेको छैन ।
डडेलो नियन्त्रण नभएसम्म वायु प्रदूषण नहट्ने वातावरण विभागको भनाइ छ । नेपालभर सयौं स्थानमा डडेलो लागेको र त्यो निन्त्रण नभएसम्म वायु प्रदूषण नघट्ने प्रवक्ता जोशीको भनाइ छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।