बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

ह्‍वात्तै बढ्यो कोरोना, सोमबार २६६ संक्रमित थपिए


  • सोमबार, चैत्र २३ २०७७
10.8K
SHARES

फाईल तस्बिर

नेपालमा कोरोना संक्रमण फेरि ह्वातै बढेको छ। पछिल्लो २४ घन्टामा देशभर २ सय ६६ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ५ सय ३६ जनाको पिसिआर परीक्षण गर्दा आज २ सय ६६ जना नयाँ संक्रमित भेटिएका हुन्।

यस्तै, आज ४ जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन्। भने १ सय २ जनाले संक्रमणलाई जितेर घर फर्किएका छन्। हाल देशभर ६४ जना क्वारेन्टाइनमा रहेको बताइएको छ। हाल देशभर १ हजार ८ सय ३२ जना सक्रिय संक्रमित रहेको बताइएको छ।

यसअघि, चैत २२ गते १ सय ७६ जना, २१ गते १ सय २८ , २० गते १ सय ७९ जना संक्रमित भेटिएका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा