बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

सरकारले भन्यो : म्यानमार घटनाबारे गहिरो चासो र चिन्ता छ


  • सोमबार, चैत्र २३ २०७७
12.6K
SHARES

फाईल तस्बिर

सरकारले म्यानमारमा विकसित घटनाप्रति गहिरो चासो र चिन्ता रहेको बताएको छ । सोमबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले म्यानमारमा विकसित घटनाप्रति सरकारको गहिरो चासो र चिन्ता रहेको बताएका हुन् ।

म्यानमारमा त्यहाँको सेनाले शासन हातमा लिएर लोकतान्त्रिक नेताहरुलाई नियन्त्रणमा लिएपछि नेपालले प्रेस विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरिसकेको बताए । उक्त प्रेस विज्ञप्तिमा लोकतान्त्रिक प्रक्रिया पुनर्स्थापना हुने आशा व्यक्त गरेको मन्त्री ज्ञवालीले बताए ।

मन्त्री ज्ञवालीले नेपालसहित देशको समर्थनमा संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदले एउटा रिजोलुसन पारित गरेको उनले बताए । उक्त रिजोलुसनमा जनताको अभिमतको सम्मान गर्न, लोकतान्त्रिक नेताहरुलाई रिहा गर्न र अत्यधिक बल प्रयोगलाई अन्त्य गर्न म्यानमारलाई आह्वान गरिएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।

‘हामी गम्भीर रुपले चिन्तित छौं । त्यहाँ बालबालिकाहरु र शान्तिपूर्ण प्रदशर्न गरिरहेकाहरुको हताहती भएको । ती सबै विषयहरु नेपालसमेत पक्ष भएर पारित भएको रिजोलुसनमा छ । त्यसमा सबै विषय समेटिएको अनुरोध गर्न चाहन्छु’ उनले भने ।

उनले लोकतन्त्र, मानव अधिकार र विश्व शान्तिका मामिलामा नेपाल सदैव स्पष्ट रहेको पनि बताए ।

सांसदहरुले म्यानमारको विषय विमस्टेकको परराष्ट्रमन्त्री स्तरीय भर्चुअल बैठकमा किन छलफल भएन भनी प्रश्न गरेका थिए । जवाफमा मन्त्री ज्ञवालीले यस्ता फोरममा कुनै खास देशमा भएको घटनाबारे छलफल नहुने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा