भीम रावलको नेतृत्वमा खनाल-नेपाल समूह एमाले सुदूरपश्चिम प्रदेशस्तरीय बैठक धनगढीमा बसिरहेको छ।
नेकपा एमालेको प्रदेश पार्टी कार्यालयमा बसिरहेको बैठकमा १० बुँदे कार्यसूचीमाथि छलफल भइरहेको सहभागी एक नेताले सेतोपाटीलाई बताए।
‘प्रदेश, जिल्ला र स्थानीय कमिटिलाई पूर्ण बनाउने, भातृसंगठनहरू बनाउनेलगायतका विषयमा बैठकबाट निर्णय हुनेछन्,’ उनले भने ।
बैठकमा प्रदेशका नौ वटै जिल्लाबाट नेता कार्यकर्ता सहभागि छन्।
सर्वोच्च अदालतले एमाले–माओवादी केन्द्रको एकता भंग गराएपछि एमाले भित्रै कारबाहीमा परेका रावलको नेतृत्वमा बसेको बैठकमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, पूर्व मन्त्री दिर्घ सोडारी, पूर्व राज्यमन्त्री प्रकाश रावल, दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मन्जु मलासीलगायत सहभागि छन्।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले भीम रावललाई निलम्वित गरेपछि प्रदेशमा रहेका उनी पक्षका कार्यकर्ता आक्रोशित छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।