आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

समर्थन फिर्ता नलिने, अनि आलोचना किन : गोकुल बाँस्कोटा


  • सोमबार, चैत्र २३ २०७७
8.2K
SHARES

गोकुल बास्कोटा संसदमा आफ्नो विचार राख्दै

नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले नेकपा माओवादी केन्द्रलाई सरकारलाई दिएको समर्थन फिर्ता लिन चुनौती दिएका छन । प्रतिनिधि सभाको सोमबारको बैठकमा बाँस्कोटाले समर्थन फिर्ता लिन माओवादीलाई चुनौती दिए ।

उनले भने –‘विश्वासको मत फिर्ता लिनुहोस् । मत फिर्ता नलिने, अनि आलोचना किन ?’ उनले जनताको बीचमा जाने कुरालाई प्रतिगमनको रुपमा नबुझ्न पनि सुझाव दिए ।

उनले भने –‘जनताको बीचमा जानु प्रतिगमन हो ? प्रतिगमन यस्तै हुन्छ भने म दाबासाथ भन्न चाहन्छु विकासको निर्माणको प्रतिगमन बारम्बार भैरहन्छ । किनकी यहाँ लोकतन्त्र छ । चुनाव देख्नासाथ फोबिया हुनेले प्रतिगमन भन्ने ?’ उनले सरकारले गरेका कामलाई विकास निर्माण विरोधीका रुपमा नबुझन पनि आग्रह गरे ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा