शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

कोरोना संक्रमण फैलिएपछि महाराष्ट्रमा रात्रिकालीन कर्फ्यु


  • सोमबार, चैत्र २३ २०७७
11.1K
SHARES

फाईल तस्बिर

कोरोना भाइरसको संक्रमण फैलिएपछि भारतको महाराष्ट्र राज्य सरकारले रात्रिकालीन कर्फ्यु लगाएको छ । कर्फ्यु राति आठ बजेदेखि बिहान सात बजेसम्म लागु हुने छ भने सप्ताहान्तमा पूर्णरुपमा लकडाउन हुने छ ।

आइतबार सार्वजनिक गरिएको २४ घण्टाको कोरोना परीक्षण रिपोर्टमा भारतमा ९३ हजार बढीमा संक्रमण पुष्टि भएको थियो । सो संख्याको आधाभन्दा बढी संक्रमित महाराष्ट्र राज्यका थिए ।

यसबीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक विशेषज्ञ टोलीलाई महाराष्ट्र जान र संक्रमण तीव्र रुपमा फैलिनुको कारण पत्ता लगाउन भनेका छन् ।

नयाँ संक्रमित उल्लेख्य संख्यामा थपिँदै गएपछि महाराष्ट्र सरकारले अत्यावश्यक सेवालाई मात्र जारी राख्ने निर्णय गरेको छ । ग्राहकहरुले रेष्टुरेन्टमा बसेर खान पाउने छैनन् । उनीहरुले खाना प्याक गरेर घरमै लगेर खानुपर्ने नियम बनाइएको छ ।

यसैगरी सरकारी कार्यालयहरुमा ५० प्रतिशत कर्मचारीहरुलाई मात्रै बोलाउन, सकेसम्म घरमै बसेर काम गर्न र सार्वजनिक सवारी साधनहरुमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न अपील गरिएको छ ।

यी नियमहरु अप्रिल ३० तारिखसम्म लागु हुने महाराष्ट्र सरकारले मछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा