एमाले वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा छैटौं महाधिवेशनदेखि नै दक्षिणपन्थी भड्काउ वाला गुटबन्दी सुरु भएको बताएका छन् ।
आइतबार आफ्नो पक्षको काठमाडौ जिल्ला कमिटी घोषणा कार्यक्रममा नेता खनालले त्यस बेलादेखि मौलाएको गुटबन्दी बलियो बन्दै जाँदा नवौं महाधिवेशनमा पार्टी नै कब्जा भएको बताएका हुन् । ‘त्यो गुटबन्दी मौलाउँदै गयो । नवौँ महाधिवेशनमा यो गुट बलियो भएर पार्टी नै कब्जा गर्यो’, नेता खनालको भनाइ छ ।
उनले अध्यक्ष ओली नेतृत्वमा पुगेपछि कसरी सत्तामा पुग्ने र पद हासिल गर्ने भन्नेमा मात्रै केन्द्रीत रहेको पनि बताए । ‘संगठन बिस्तार र विचार निर्माणबारे काम भएन’, ओलीको ध्यान सत्ताका लागि मात्रै भएको खनालको भनाइ छ ।
उनले पार्टीमा भइरहेको विवादमा एउटा पक्ष समाजवादमा पुग्ने लक्ष्यमा रहेको र अर्को पक्ष दक्षिणपन्थी अवसरवादबाट निर्देशित रहेको बताए । उनले ओली पक्ष दक्षिणपन्थी अवसरवादबाट निर्देशित रहेको भन्दै आफ्नो पक्षले समाजवादको लक्ष्यसम्म पुग्ने दृढ संकल्प बोकेको दावी गरे । उनले एमालेभित्रको लडाईँलाई कतिपयले पदको लडाई भनेको भन्दै उनले भने, ‘त्यसैले यो लडाइँ व्यक्ति वा पदको होइन ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।