शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एमालेले माग्यो मुख्यमन्त्री शाहीको राजीनामा, तीन मन्त्रीले तत्कालै पद छाड्ने


  • आइतबार, चैत्र २२ २०७७
7.8K
SHARES

फाईल तस्बिर

कर्णाली प्रदेशसभामा सबैभन्दा ठुलो दलका रुपमा रहेका नेकपा एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजीनामा माग गरेको छ ।

आइतबार बसेको एमाले संसदीय दलको बैठकले पार्टीबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई पनि तत्काल फिर्ता बोलाएको छ ।

माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा एमालेबाट प्रकाश ज्वाला, नन्दसिंह बुढा र दल रावल सामेल छन् ।

एमालेभित्र विवाद बढेसँगै ओली पक्षले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो भने खनाल–माधव पक्षले प्रदेश सरकारप्रतिको समर्थन कायम राख्ने निर्णय गरेको थियो ।

तर, पछिल्लो समय एमालेको खनाल–नेपाल पक्षले समेत पार्टीकै लाइनअनुसार चल्ने निर्णय गरेपछि प्रदेश सरकार संकटमा परेको हो ।

एमालेले समर्थन फिर्ता लिएसँगै सो प्रदेशमा शाही नेतृत्वको सरकार स्वतः अल्पमतमा पर्दछ । एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री शाहीलाई मार्ग प्रशस्त गर्न सुझाव दिएको छ ।

बैठकले गुलाबजङ्ग शाहको संयोजकत्वमा तीन सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ । सो समितिले चैत २४ गते बस्ने संसदीय दलको बैठकमा मस्यौदा पेश गर्नेछ ।

बैठकले पार्टीभित्र देखिएको असमान्जस्यतालाई अन्त्य गर्दै पार्टी एकताका लागि पहल गर्ने निर्णयसमेत गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा