बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

संसदीय समिति हुँ भनेर काम रोक्ने आदेश दिइरहन पाईदैन: प्रधानमन्त्री


  • आइतबार, चैत्र २२ २०७७
9K
SHARES

फाईल तस्बिर

काठमाडौं-तराई फास्ट ट्र्याकको ठेक्का रद्द गर्न सार्वजनिक लेखा समितिले दिएको निर्देशनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनएका छन् ।
शनिबार निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले संसदीय समिति हुँ भनेर काम रोक्ने आदेश दिइरहन नहुने बताए । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले शुक्रबार द्रूत मार्गको टनेल तथा पुल निर्माणको दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रद्द गर्न निर्देशन दिएको थियो ।

लेखा समितिको नाम नलिई प्रधानमन्त्री ओलीले भने केही खर्बको आयोजना (ठेक्का) रोकेर फेरि गर्दा त्यसले पार्न असर र परिणाम हेनुपर्ने बताए । ‘रोक्ने आदेश त दिन्छौं, टनेल पुल नबनाउन भनेर आदेश त दिन्छौं । त्यसको असर के हुन्छ ?’ उनले अघि भने, ‘यदि त्यहाँ अनियमिता भएको छ भन्ने लाग्छ भने सम्बन्धित ठाउँलाई यसमा हेर्नु भनेर लेखिदिए हुन्छ ।’

संसदीय समितिले आफूखुसी बोलाउने र अन्धाधुन्ध आदेशहरु दिने गरेको उनको आरोप छ । एकपछि अर्को समितिले बोलाउने र काम हुनुभन्दा पहिले नै आदेश दिने गरेको भन्दै उनले भने, ‘यो तरिकालाई हामीले आफ्ना क्षेत्रधिकार र आफ्नो कामको असर जस्ता पक्षलाई गम्भीरतापूर्वक ध्यान दिनुपर्छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा