बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

सल्यान जिल्लाकी अब्बल महिला सिडिओ : लक्ष्मी देवी हाेमागाई खतिवडा


  • आइतबार, चैत्र २२ २०७७
46.9K
SHARES

फाईल तस्बिर

सबै सरकारी कर्मचारी अब्बल छन यसमा संखा छैन तर सबै मध्य पनि कोही सरकारी कर्मचारी एस्ता हुन्छन,जो आखामा हालेर बिझाउदैन नियम र कानुन लाई क्रस गर्दैनन । देश र जनताको सेवामा संबिधान र कानुनको दाएराले भ्याय सम्म कुनै पनि काम अड्काउदैन ।

यतिमात्र हैन सेवाग्राहीलाई आफ्नै नजिकका मान्छे अनि आफु भन्दा सिनियरलाई सम्मान र जुनियर स्टाफलाई घरमा बाबु आमाले आफ्ना सन्ततिलाई कस्तो ब्यबहार गर्छन हो ठ्याक्कै, सारै राम्रो ब्यबहार ।

दम्भ छैन । अहंकार त्यो भेट्न मुस्किल छ । अझ रिस र घमण्ड खोजेर पाईदैन । मान्छे न हो उच्च पदमा पुगेपछी अलिकति मै हु भन्ने भावना हुदैन र ? अँह कतै त्यस्तो पाईदैन । हो उनि हुन सल्यान जिल्लामा भर्खर पुगेकि प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी हाेमागाई खतिवडा ।

२०४६ सालबाट नायब सुब्बाबाट सेवा सुरु गरेकी उपसचिव लक्ष्मी देवी हाेमागाई खतिवडा पाँचथर र तेह्रथुमको प्रमुख जिल्ला अधिकारी हुदै पछिल्लो समय काभ्रे जिल्लाको साहायक सिडिओ थिईन । केही समय अगाडि सल्यान जिल्लामा प्रमुख जिल्ला अधिकारीका रुपमा पुगेकि छन ।

आजका मिती सम्म आईपुग्दा यो पङक्तिकारले धेरै त नभनौ केही निजामति सेबाका उच्च पदमा पुगेका ब्यक्तिहरुको सामिप्यता गर्ने अबसर पाएको छ । राजनितिक र प्रसासनिक मान्छेलाई नजिकबाट नियाल्ने अबसर यो पत्रकारीता पेसाले  दिनेनै भयो ।

उच्च पदमा आसिन ब्यक्तिहरु संग चिया,कफी कहिलेकाही खान संगै खाएर बोली बचन ब्यहार र पृष्ठभुमिलाई नियाल्दै गर्दा प्राय संग अहंकार,घमण्ड र कतै कतै हैसियत र औकातका कुराहरु जोडी हाल्छन खैर सबै मान्छे त्यस्ता हुन्छन भन्ने मेरो आसय हैन ।

मान्छे न हो लोभ, पाप, घमण्ड, अहंकार,रीष, राग ईर्ष्या अलिकति त हुनेनै भयो भन्ने लाग्थ्यो तर लक्ष्मीदेबीलाई भेट्दै गर्दा हैन सरकारी कर्मचारी पनि यस्तो सादगी हुन्छन र भन्ने प्रस्न यो पंङ्तिकार लाई उब्जिएको छ ।

प्रसंसा गरेको पटक्कै हैन,मेरो स्वभाब पनि प्रसंसा गर्ने भन्दा आलोचनात्म टिप्पणी गर्ने किसिमको छ । हुनपनि पत्रकारितालाई पेषा बनाएपछी राम्रा भन्दा नराम्रा मान्छेहरु संग बढि ठोक्किनु पर्छ ।

कसैले तपाई भनोस नभनोस म पो सबैभन्दा ठुलो हुँ,म उच्च पदमा पुगेको छु भन्ने भित्री अहंकारले मान्छेलाई ढाकेर मान्छे ठ्याक्कै नक्कली बन्ने मेरो पत्रकारीताको अनुभबले बताउछ । तर लक्ष्मी देवी हाेमागाई खतिवडामा  यस्तो कुनै खोट भेट्न सारै मुस्किल छ । एकदमै सादगी ।

हुनपनि कुनै बिभागको हाकिमले मैले जे भन्यो त्यही हुन्छ भन्छन,जिल्लाको प्रमुखले जे भन्यो त्यही हुन्छ भन्छन हुन पनि सत्य हो । बिभागिए जिम्मेवारी समाले पछी आफु अनुकुल आफ्नो बिभाग चल्नेनै भयो । तर चल्छ भन्दैमा भुईनै छोड्न थालीयो भने ? केही मान्छे भेटीन्छन जो भुईनै छाड्न खोज्छन,हैसियतका कुरा गर्छन । सामान्य मान्छे भेट्यो भने बोल्नपनि पैसानै तिर्नु पर्ने जस्तो ब्यबहार गरिहाल्छन ।

मैले केही दीन अगाडि समाचाको माध्मबाटै थाहापाएको हुँ उहा सल्यानको सिडियो हुनुभएको, सम्पर्क नभएको कयौ महिना भयो ।

पाठकलाई यो उसकै मान्छे होला प्रसंसा गर्यो भन्ने जस्तो लाग्दै छ भने मेरो अनुरोध पनि छ ,एक पटक उहा संग अन्तरङ्ग कुरा गर्नुहोस न साच्चै देबीनै जस्तै अब्बल हुनुहुन्छ । धेरै कम मात्र मान्छे हुन्छन जो प्रसंसा गर्न योग्य लाग्छन ।

यहाको चलन अलि फरक छ । चाकडिका हिसाबले प्रसंसा गरिन्छ फाईदाको हिसाबले प्रसंसा गरिन्छ यसो गर्दै गर्दा अब्बल मान्छेहरुको प्रसंसा कम हुनेनै भयो । फेरी आफ्नो योग्यता र नियम कानुन मान्ने हरुलाई प्रसंसाको जरुरी पनि छैन ।

प्रसंसाले मान्छे एक्कैपटक ठुलो हुने र नगर्दा सानो हुने पनि हैन । तर योग्य मान्छेको जिबन, करियर बनाउदै गरेका मान्छेले पड्न पायो भने जिबन बदलिन सक्छ, सोचाई फेरिन सक्छ । तर स्वार्थि समाजमा निष्ठावानहरुलाई कसैले बाहिर ल्याउदैनन या उनिहरु बाहिर आउनै चाहादैनन ।

योग्य मान्छेले तपाईलाई योग्यता देखाएर काम गर,भनसुनमा बिस्वास नगर मेहनत गर, नियम अनुसार काम गर भन्ने सुझाब दिन्छन तर यो समाजलाई कहा मन पर्छ र ?

यो समाजलाई त आजको भोली फाईदा चाहिन्छ नियम र कानुन मिचेर मेरोचाही काम गरोस भन्ने मान्छेको चाहाना हुन्छ, त्यसैले अब्बल नियम कानुन मान्ने मान्छे कहिल्यै मिडियामा आउदैनन या उनिहरुलाई ल्याउने प्रयत्नै गरिदैन अझ मिडियामा आउनै चाहादैनन ।

बरु उहा लक्ष्मी देवी हाेमागाई खतिवडा स्वयम आफैले महिनौ पहिले यो पङ्तिकारसंगको भेटमा भन्नु हुन्थ्यो राम्रो काम गर्दा-गर्दै पनि अन्जानमा अप्ठ्यारो बातावरण सिर्जना हुने पो हो की भन्ने डर लाग्छ । तर सकेसम्म राम्रो गर्ने,नसके पनि नराम्रो नियम र कानुन भन्दा बाहिरका काममा नजरनै नलाउने सोच छ भन्नु हुन्थ्यो ।

पङक्तिकारलाई लाग्यो कतै म उहालाई चिन्छु,थोरै नजिकको चिनजानको समन्धले पो म प्रति मात्रै बोली बचन मिठो हो की भनेर अलिकति बिगत र पहिलेको उहाले निर्बाहा गरेका भुमिकालाई अध्यान गर्न बाध्य बनायो । निष्कर्ष मा पुग्दा लाग्यो, म प्रति मात्र हैन सबै प्रति समान ब्यबहार रहेछ लक्ष्मी देवी हाेमागाई खतिवडा को ।

अनि यो पङक्तिकारले निष्कर्ष निकाल्यो कोही सरकारी कर्मचारी एस्ता हुन्छन,जो आखामा हालेर बिझाउदैन नियम र कानुन लाई क्रस पटक्कै गर्दैनन ।

हुने सम्म कानुन र संबिधानले दिए सम्म जनताको काम पटक्कै अड्काउदैनन । यस्तो सरल लोकको सेबामा समर्पीत अब्बल सल्यान जिल्लाको जिल्ला प्रमुख अधिकारी हुन पुग्नु भएकोमा लक्ष्मी देवी हाेमागाई खतिवडा लाई शुभकामना ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा