आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

सुदूरपश्चिमका तीन जनामा देखियो नयाँ भेरियन्टको कोरोना


  • आइतबार, चैत्र २२ २०७७
7.4K
SHARES

फाईल तस्बिर

सुदूरपश्चिमका तीन जनामा नयाँ भेरियन्टको कोरोना संक्रमण भएको छ।

कैलालीको त्रिनगर नाका हुँदै भारतबाट फर्केका उनीहरूको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा  नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले जानकारी दिए।

संक्रमितहरू कञ्चनपुर, डडेल्धुरा र डोटीका हुन्।

एक साताअघि उनीहरूसहित २० जनाको स्वाब संकलन गरी  जाँच गरिएको थियो।

उनीहरूमा फेला परेको कोरोनाभाइरस कुन भेरियन्टको हो भनी परीक्षण गर्न काठमाडौं पठाइएको थियो।

अहिले  संक्रमित तीनै जना होम आइसोलेसनमा छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा