बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

महान दार्शनिक शुकरातका १६ जीवनोपयोगी भनाईहरु


  • शनिबार, चैत्र २१ २०७७
23.3K
SHARES

फाईल तस्बिर

शुकरातको विचारलाई पाश्चात्य दर्शन र तर्कशास्त्रको जग मान्ने गरिन्छ । शुकरातका विचारका कारण नै जनजागरण फैलिएको थियो भने उनका विचारको लोकप्रियताको कारण राजतन्त्रको जग समेत हल्लिएको थियो ।

महान दार्शनिक शुकरातका १६ जीवनोपयोगी भनाईहरु

१. प्रायः तपाईको गहन ईच्छाले नै विकराल घृणाको जन्म हुन्छ ।

२. झुठो शब्द आफैमा मात्र खराब हुँदैन,त्यसले तपाईको आत्मालाई पनि खराब बनाउँछ ।

३. आफ्नो अमूल्य समयलाई अरुले लेखेको र भोगेको कुराबाट आफैलाई सुधार्न लगाउ, किनभने तिमीले त्यो कुरा सहजै थाहा पाउँदछौ, जुन कुरा उनीहरुले कठिन मिहेनत र भोगाईबाट पत्ता लगाएका थिए ।

४. हाम्रो प्रार्थना वरदानको लागि होइन, आशीर्वादका लागि हुनुपर्दछ, किनभने भगवानलाई हाम्रो लागि सहि के हो भन्ने कुरा सबै थाहा छ ।

५. जहाँ सम्मान हुन्छ त्यहाँ डर पनि हुन्छ तर हरेक डरमा सम्मान हुँदैन, किनभने डर सम्मान भन्दा धेरै व्यापक छ ।

६. सौन्दर्य आपत्कालिन अत्याचार हो ।

७. जस्तोसुकै अवस्थामा विवाह गर्नुपर्दछ, यदि असल श्रीमती प्राप्त भयो भने तपाईको जिन्दगीमा खुसीयाली छाउनेछ र खराब श्रीमती परे तपाई दार्शनिक बन्नुहुनेछ ।

८. मृत्यु सम्भवतः मानवीय वरदानमा सबैभन्दा महान छ ।

९. बाँच्नु मात्रले अर्थ राख्दैन, तर सच्चाईका साथ बाँच्नुले अर्थ राख्दछ ।

१०. म जीवित व्यक्तिहरुमा सबैभन्दा वुद्धिमान हुँ किनभने मलाई यो थाहा छ कि मलाई केहि पनि आउँदैन ।

११. मूल्यहीन व्यक्तिहरु केवल खान र पिउँनका लागि बाँच्छन् भने मूल्यवान व्यक्तिहरु बाँच्नको लागि खाने पिउँने गर्दछन् ।

१२. त्यो व्यक्ति सबैभन्दा धनवान छ, जो सानो कुरामा पनि सन्तुष्ट हुन सक्दछ, किनभने सन्तुष्टि नै प्रकृतिको सम्पत्ति हो ।

१३. मलाई एउटा मात्र कुरा थाहा छ ,र त्यो के भने मलाई केही पनि थाहा छैन ।

१४. विवाह वा व्रह्मचर्य, मानिस चाहे जुन बाटो चुनोस् अन्तिममा पछुतो नै हुन्छ ।

१५. मित्रता बरु ढिला गर्नुहोस् तर गरेपछि कहिल्यै नटुट्ने गरि गर्नुहोस् ।

१६. जिन्दगीलाई होइन, एउटा राम्रो जिन्दगीलाई महत्व देउ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा