बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

राष्ट्रव्यापी अभियान घोषणा गर्न नेपाल- खनाल पक्षको स्थायी कमिटी बैठक बस्दै


  • शनिबार, चैत्र २१ २०७७
8.1K
SHARES

फाईल तस्बिर

नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

दिउँसो तीन बजे बस्ने बैठकले संगठन सुदृढीकरण, प्रशिक्षण सञ्चालनलगायतका ‘राष्ट्रव्यापी अभियान’ घोषणा गरिने नेता योगेश भट्टराईले बताएका छन् ।

नेपाल समूहले ४ र ५ चैतमा आयोजना गरिएको राष्ट्रिय कार्यकर्ता भेलापछि देशभर समानान्तर कमिटी बनाइ रहेको छ ।

खनाल-नेपाल समूहले नेताहरुमाथिको कारबाही पार्टीको नवौं महाधिवेशनले पारित गरेको विधान विपरीत, स्वेच्छाचारी र पूर्वाग्रही भएको निष्कर्ष निकालिसकेको छ ।

संस्थापन पक्षले वरिष्ठ नेता नेपाल, नेताहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, र भीम रावललाई अनुशासनको कारबाही भन्दै ६ महिनाका लागि निलम्बन गरेपछि एमालेभित्रको विवाद झन् चर्किएको छ ।

सर्वोच्च अदालतको २३ फागुनको फैसलाले पार्टीलाई पुरा नै अवस्थमा फर्काए पनि पार्टी अध्यक्ष ओलीले त्यसको कार्यान्वयन नगरेको नेपाल–खनाल पक्षले आरोप लगाउँदै आएको छ ।

फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र व्यूँताउने फैसला सुनाएपछि संस्थापन पक्षले फागुन २८ मा बैठक राखेर खनाल-नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेको थियो । सोही बैठकले रामबहादुर थापा बादल लगायतका २३ माओवादी केन्द्रका नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेपछि खनाल-नेपाल पक्ष रूष्ट छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा