बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

जन्मदिनको दिन भुलेर पनि गर्दै नगर्नुस् यी काम !


  • शनिबार, चैत्र २१ २०७७
13.2K
SHARES

फाईल तस्बिर

हरेक मान्छेको वर्षमा एकदिन जन्मदिन पर्छ । सबैले कुनै न कुनै माध्यमबाट जन्मदिन अर्थात् बर्थडे सेलिब्रेसन गर्छन् ।

जन्मदिन मनाउँदै गर्दा केहि गर्न हुने काम पनि छन् र केहि गर्न नहुने काम पनि छन् । जुन कतिलाई थाहा हुन पनि सक्छ र कतिलाई थाहा नहुन पनि सक्छ ।
हामी आज जन्मदिको दिन के गर्नु हुन्छ र के गर्नु हुँदैन भन्नेबारे केहि जानकारी दिन गइरहेका छौं । जन्मदिनको दिन हामी इष्टमित्र, साथीभाई बोलाएर खुसियाली आदानप्रदान गर्छौं । पार्टी गर्छौं । तर त्यसबखत् हामीले गर्ने नहुने काम पनि गरिरहेका हुन्छौं । केहि कामहरु छन् जुन तपाईले जन्मदिको बेला भुलेर पनि गर्नुहुँदैन । यस्ता कामहरु जुन गर्दा तपाइले जीवनमा धेरै कष्ट व्यहोर्नुपर्ने हुन्छ ।

यी कामहरु आफ्नो जन्मदिनमा भुलेर पनि नगर्नुहोस् :

१. नङ काट्ने, कपाल काट्ने, तेल मालिस गर्ने :

आफ्नो जन्मदिनको दिनमा नङ काट्ने, कपाल काट्ने, तेल मालिस गर्ने जस्ता कामहरु गर्नु हुँदैन । आफ्नो जन्मदिनको दिन यस्तो काम गर्नु भनेको आयु क्षीण हुनु हो । कपाल काट्ने, तेल मालिस गर्ने गर्नु भनेको जीवनमा रोग, ब्याध र कष्ट पर्नु हो ।

२. हत्या हिंसा गर्नु हुँदैन :

जन्मदिनको दिन भुलेर पनि गर्नै नहुने काम भनेको हत्या हिंसा हो । विशेषत: जन्मदिनको सेलिब्रेसन गर्ने नाममा पशु चौपायाको हत्या गर्ने, मासु खाने, आफन्त साथीभाई बोलाएर भोज लगाउने प्रचलन नै छ । तर यो सबैभन्दा ठुलो भुल हो । जतिसुकै पुजा पाठ गर्नुस् धर्मकर्म गर्नुस् यदि जन्मदिनको दिन पशु चौपायको हत्या गर्नुभयो भने जिवनमा ठुलो उन्नतिको अपेक्षा राख्दै नराख्नुस् । जिवनमा धेरै उतारचढाव आइलाग्छ । हुन त पशु चौपायाको हत्या गर्नु पाप नै हो तर जन्मदिनको दिनमा चाही भुलेर पनि यो गल्ति नगर्नुहोस् ।

३. मांसाहारी भोजन नगर्ने :

जन्मदिनको दिन तामसी र राजसी भोजन (माछा, मासु, अण्डा, वियर र रक्सि) सेवन गर्नु हुँदैन । माछा, मासु र मदिरा जस्ता चिजहरुले कुण्डलीमा शनि दशा बिग्रदैं जान्छ । शनि ग्रह बिग्रंदै जानु भनेको तपाइको भाग्य बिग्रंदै जानु हो । त्यसैले आफ्नो जन्मदिनको दिन यस्तो गल्ति नगर्नुहोस् ।

४. तितो बचन नगर्नुस् :

जन्मदिनको दिन कसैलाई पनि तितो बचन नगर्नुस् । जन्मदिनको दिन सबैलाई खुसि बनाउने प्रयास गर्नुस् । कससँग पनि बादविवाद र झगडा नगर्नुस् । सुमधुर बोल्ने प्रयत्न गर्नुस् । सकेसम्म त सधै नै सुमुधुर बचन गर्नु राम्रो हुन्छ तर जन्मदिनको दिन विशेषत सबैलाई हँसाउने प्रयत्न गर्नुहोस् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा