सञ्चार सूचना तथा प्रविधिमन्त्री पार्वत गरुङले नेकपा एमालेको सरकारलाई विस्थापित गरे पनि २० महिनापछि सिंहदरबारमा बहुमतका साथ फर्किने बताएछन ।
रेडियो नेपालको ७१ औ बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी ओलीले भने झै कसैले पनि नेकपा एमालेलाई तहस–नहस पार्न नसक्ने जिकिर गरे ।
मन्त्री गुरुङले रेडियो नेपालको विकासका लागि सरकारले खेल्नुपर्ने भूमिका कमजोर नहुने बताउँदै रेडियो नेपालका कर्मचारीहरुको सरुवा बढुवा गर्ने तर्फ आफू नलाग्ने बताए ।
मन्त्री गुरुङले रेडियो नेपालको विकास र समृद्धिका लागि आफ्नो भूमिका खेल्न आफू तयार रहेको बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।