नेकपा एमालेको माधवकुमार नेपाल समूहले संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान भोलि (शनिबार) घोषणा गर्ने भएको छ ।
एमाले भित्र खिचातानिले माधबनेपाल पक्षले पार्टीनै अर्को घोषणा गर्ने हो की भन्ने चासो आम जनतालाई परेको देखिन्छ । एमाले पार्टी भित्रै समानान्तर अभ्यास गरेको नेपाल पक्षका नेतालाई पार्टी अध्यक्षले एकपछि अर्को नेतालाई कारबाहि गर्दै आएको अबस्थामा पार्टीनै घोषणा गर्ने तर्फ नेपाल पक्ष लागेको जानकारहरु बताउछन तर नेपाल पक्षका नेताहरु पार्टी भित्रै बसेर समानान्तर अभ्यास गरिरहेका छन ।
नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलाको निष्कर्षअनुसार ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान’लाई अगाडि बढाउने निर्णय गरेको छ ।
आज केही कार्यक्रम प्रस्ताव भएको छ, भोलिको छलफलले राष्ट्रव्यापी संगठन निर्माण, प्रशिक्षण र अभियानलाई अन्तिम रुप दिन्छौं’ बैठकपछि नेता योगेश भट्टराईले भनेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।