जाजरकोटमा यातायात मजदुरबीचको झडपमा एक युवकको मृत्यु भएको छ ।
बारेकोट गाउँपालिका–२, लिम्सामा यातायात मजदुरको दुई समूहबीच झडप हुँदा नलगाड नगरपालिका–४, का ३५ वर्षीय नरेश रावलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको शव बारेकोटकै देउलस्थित खोलामा शुक्रबार दिउँसो फेला परेको जाजरकोट प्रहरीले जानकारी दिएको छ । । प्रहरीका अनुसार जाजरकोट–डोल्पा यातायात समितिका मजदुरबीच गाडीको रुटको विषयमा विवाद भएपछि झडप भएको हो ।
झडपका क्रममा नलगाड–४, कै सुजन कार्की र विकास रावल घाइते भएका छन् । घटनामा संलग्नको आरोपमा ६ जनालाई पक्राउ गरेर सदरमुकामतर्फ ल्याइएको खबर छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।