बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

खेतमा काम गर्न गएका विजय मृत फेला


  • शुक्रबार, चैत्र २० २०७७
10.8K
SHARES

फाईल तस्बिर

धनुषामा खेतमा काम गर्न निस्किएका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । जिल्लाको औरही गाउँपालिका ३ बस्ने विजय मण्डल मृत फेला परेको प्रहरीले जनाएको छ ।

४० वर्षका मण्डल बिहीवार बिहान औरही ३ स्थित खेतमा काम गर्न गएका थिए । राति अबेरसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय औरहीले जनाएको छ ।

मृतकको घाँटीमा गम्छा बाँधिएको र शवलाई परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लग्ने तयारी भइरहेको प्रहरी नायव निरीक्षक सन्तोष झाले जानकारी दिए ।

उनका अनुसार पोष्टमार्टमको रिपोर्ट आएपछि थप अनुसन्धान हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा