बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

ओलीको गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भयो : भुसाल


  • बिहिबार, चैत्र १९ २०७७
12.6K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका नेता घनश्याम भुसालले असीमित सत्ताभोगको अतृप्त तृष्णाले अध्यक्ष केपी शर्मा ओलीलाई आफू र आफ्ना मान्छेबाहेक केही नदेख्ने र राज्य दोहनमा लागेको गिरोहको अध्यक्षको रुपमा चित्रण गर्दै प्रतिक्रिया दिएका छन । सामजिक संजाल फेसबुकमा उनले आफ्ना धारणा राखेका हुन ।

अध्यक्ष ओलीले बिहीबार मात्र भुसालसँगै सुरेन्द्र पाण्डेलाई पार्टीे सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका थिए । त्यसतर्फ संकेत गर्दै भुसालले ओलीबारे सामाजिक सञ्जाल फेसबुकमा लेखका छन्, ‘‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो ।

एउटा धेरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ । उनका लागि संसारमा या त चाकर छन् या शत्रु’ भुसालले भनेका छन् ।

ओलीले पार्टीको गौरवको चीरहरण गरिरहेको भन्दै त्यसको सामना गर्ने उनले बताए ।

‘यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ । उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौं’ उनले लेखेका छन्, ‘मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादीका लागि मैले दुनियाँसँग माफी माग्छु ।’

https://www.facebook.com/bhusaluml/posts/1893624260812753


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा