बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

केपी ओलीलाई हटाएर आफ्नै नेतृत्वमा केन्द्रीय कमिटी बनाउछु : नेपाल


  • बिहिबार, चैत्र १९ २०७७
9.2K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपालले केपी ओलीलाई हटाएर आफ्नै नेतृत्वमा केन्द्रीय कमिटी बनाउने घोषणा गरेका छन्।

बिहिबार पोखरामा आयोजित कास्की जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले केन्द्रीय कमिटीबाट केपी ओलीलाई हटाएर नयाँ कमिटी बनाउने घोषणा गरेका हुन् ।

नेता नेपालले कार्यकर्तालाई निर्देशन दिँदै जिल्ला जिल्लामा संगठित हुन निर्देशन दिएका छन्। कमिटीका बैठकहरू नियमित गर्न निर्देशन दिँदै नेता नेपालले अब चाँडै आफ्नो नेतृत्वमा केन्द्रीय कमिटि घोषणा गर्ने जानकारी दिए।

उनले अब चाँडै केन्द्रीय कमिटी पनि घोषणा गर्ने जानकारी दिँदै जिल्लामा सबै संगठित हुन कार्यकर्तालाई आग्रह गरे। ‘कमिटी बैठकहरू अब नियमित गर्नुहोस् । हामी सबै ठाउँमा संगठित भएर केन्द्रीय कमिटी पनि घोषणा गर्दैछौं,’ नेता नेपालले भने।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा