बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

कांग्रेसको प्रश्न : सुरक्षा खतराका कारण प्रधानमन्त्री संसद नआएका हुन् ?


  • बिहिबार, चैत्र १९ २०७७
8.2K
SHARES

फाईल तस्बिर

बुधबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको सुरक्षा खतरा, सांसद रेशम चौधरीको रिहाइ, म्यानमारमा भएको आन्दोलनलगायतका विषमया आवाज उठेको छ ।

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रधानमन्त्री केपी शर्मा ओली सुरक्षा खतरा भएर संसदमा नआएको हो भनी प्रश्न गरेका छन् । केही दिनअघि प्रधानमन्त्रीले आफूमाथि गम्भीर सुरक्षा खतरा रहेको र कुनै पनि बेला भौतिक आक्रमण हुन सक्ने बताएका थिए ।

उहाँ संसदमा नदेखिनुको कारण उहाँमाथिको सुरक्षा खतरा नै हो वा नैतिक खतरा पनि महसुस गर्नुभएको छ ?’ बडुले प्रश्न गरे ।

सांसद बडुले प्रधानमन्त्रीको सुरक्षाका लागि गृह मन्त्रालयले के तयारी गरेको छ भनी प्रश्न गरे । यदि सुरक्षा खतरा नभए प्रधानमन्त्रीले देशको सुरक्षा संयन्त्रप्रति किन गैर जिम्मेवार अभिव्यक्ति दिएको भनी बडुले प्रश्न उठाए । यस विषयमा प्रधानमन्त्री, गृहमन्त्री वा सरकारको प्रवक्ताले संसदमा जवाफ दिनुपर्ने बडुले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा