शनिबार, साउन ९ २०८३
ताजा अपडेट

देउबाको प्रचण्डलाई जवाफ – अहिले नै कच्चा खेल नगरौं


  • बुधबार, चैत्र १८ २०७७
8.5K
SHARES

फाईल तस्बिर

मंगलबार भएको बुढानिकलकण्ठमा देउवासँग झन्डै २० मिनेट भएको कुराकानीमा प्रचण्डले आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिन लागेको उल्लेख गर्दै देउवालाई सरकारको नेतृत्व लिन प्रस्ताव गरेका थिए।

देउवानिकट एक नेताका अनुसार प्रचण्डले प्रधानमन्त्री ओलीलाई अब धेरै समय समर्थन दिन नसकिने बताए।

ओलीलाई धेरै समय समर्थन दिन सकिँदैन, सरकारको नेतृत्व लिन अब तपाईं तयार हुनुपर्‍यो भन्ने प्रचण्डको भनाइ रह्यो, ती नेताले भने, हाम्रो गठबन्धनमा नयाँ सरकार बनाएर जानुपर्छ।’

जसपाका मागमा प्रधानमन्त्री ओलीले चासो दिइरहेका छन्। वार्ता भइरहेको छ। कुरा मिल्यो भने जसपाले नै ओलीलाई साथ दिन सक्छ भन्नेमा सभापतिजी हुनुहुन्छ,’ ती नेता भन्छन्, ‘हामीले हतार गर्ने तर जसपा एमालेतिर मिल्यो भने फेरि कच्चा खेलमा फसिन्छ। त्यसो नगरौं। ’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा