शनिबार, साउन ९ २०८३
ताजा अपडेट

चिनबाट कोरोनाभाइरस फैलिएको भन्ने खबरमा डब्ल्यूएचओले के भन्यो ?


  • बुधबार, चैत्र १८ २०७७
11.3K
SHARES

फाईल तस्बिर

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानोम गेब्रेयेससले कोभिड–१९ एक चिनियाँ प्रयोगशालाबाट निस्किएको भाइरस हो भनेर किटान गर्नका लागि थप गहन अध्ययनको आवश्यकता भएको बताएका छन् ।

गेब्रेयेससले चिनियाँ प्रयोगशालाको थ्योरी वास्तविक हुने सम्भावना ज्यादै न्यून रहेको र गहन अध्ययन बिना यसबारे केही भन्नु ठिक नभएको बताएका छन् ।

यस्तै, अमेरिकासमेत केही अन्य देशले विश्व स्वास्थ्य संगठनलाई पर्याप्त जानकारी नदिएको भन्दै चीनको आलोचना गरेका छन् ।

चीनले लगातार उसको प्रयोगशालाबाट कोरोनाभाइरस लीक भएको आरोपलाई गलत बताउँदै आएको छ ।

विश्व स्वास्थ्य संगठनका विशेषज्ञको टिमले १४ जनवरीदेखि १० फेब्रुअरीसम्म चीनको ऊहान शहरको भ्रमण गरेको थियो ।

चीनको ऊहान शहरमा नै डिसेम्बर २०१९ मा कोरोनाभाइरस संक्रमणको सबैभन्दा पहिलो संक्रमितको आधिकारिक पुष्टि भएको थियो ।

यो अन्तरराष्ट्रिय टीमले मंगलबार एक रिपोर्ट जारी गरेको छ जसमा चीनमा विशेषज्ञको टीमले आवश्यक डाटा पाउन नसकेको र भविष्यमा उत्कृष्ट डाटा सेयरिङको आवश्यकता भएको बताएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा