बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

सात बालिका सम्पर्कविहीन, अपहरणको आशंका


  • बुधबार, चैत्र १८ २०७७
11.9K
SHARES

फाईल तस्बिर

महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरका ७ जना बालिका र किशोरीहरु बेपत्ता भएका छन् । हराइरहेका सात बालिका/किशोरी अपहरणमा परेको हुनसक्ने आशङ्का गरिएको छ।

१८ वर्षीया अस्मिता पासवान, सोही उमेरकी नगिना पासवान, १५ वर्षीया रिया पासवान, सोही उमेरकी अर्चना पासवान, १३ वर्षीया ज्योती पासवान, १० वर्षीया रञ्जना पासवान र सीमा पासवान बेपत्ता भएको प्रहरीले जनाएको छ ।

मङ्गलबार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिका र किशोरी अपहरणमा परेको हुनसक्ने अनुमान गरिएको हो।

सम्पर्कविहीन सातै जनाको खोजी नेपाल प्रहरी, सशस्त्र प्रहरी र आफन्तले गरिरहेका छन्।

अहिलेसम्म कुनै सुराकी पाउन नसकिएकाले उनीहरु ललाइफकाइमा परेर अपहरणकारीको कब्जामा परेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा