शनिबार, साउन ९ २०८३
ताजा अपडेट

ओलीले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्न लागे : खनाल-नेपाल समूह


  • मंगलबार, चैत्र १७ २०७७
12.9K
SHARES

फाईल तस्बिर

नेकपा एमालेको खनाल-नेपाल समूहले संयुक्त वक्तव्य जारी गर्दै  अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्न लागेको आरोप लगाएको छ।

अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई निलम्बन गर्ने निर्णय गरेपछि नेपाल–खनाल पक्षले उक्त निर्णयको भर्त्सना गर्दै संयुक्त वक्तव्य जारी गरेको हो।

मंगलबार स्थायी कमिटी सदस्यको बैठकपछि एउटा विज्ञप्ति सार्वजनिक गर्दै  यस्तो आरोप लगाएको हो।

ओलीको पछिल्लो कदमले पार्टी झन विभाजित र अन्यौल बनाएको भन्दै नेता भिम रावलले विधान विपरित आयोजक कमिटी बनाएकाले आफूहरू पनि सबै क्षेत्रमा समानान्तर कमिटि बनाउने जानकारी दिए।

अदालतको फैसला अनुसार पार्टी २०७५ जेठ २ को अवस्थामा पुगेको भन्दै अब त्यही अनुसार पुनर्गठन गर्नुपर्ने उनको दाबी छ।

‘पार्टीको विधान विपरित समानान्तर कमिटी गठन भएको छ। केन्द्रीय कमिटीको विघटन र आयोजक कमिटी गठन अवैधानिक छ,’ उनले सेतोपाटीसँग भने, ‘अब हामी वडा तहसम्मै कमिटी बनाउँछौ। विगतका केन्द्रीय कमिटी, जिल्ला कमिटीदेखि तल्ला तहका सबै कमिटीहरु पुनर्स्थापना हुन्छन्।’

आजको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘अवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका केपी शर्मा ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै नेकपा एमाले विभाजित गरी कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्ने षडयन्त्रपूर्ण काम भइरहेका छन्।

संयुक्त वक्तव्य

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा