बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

नेपाल र रावललाई गरिएको कारवाहीप्रति युवा संघको आपत्ति


  • मंगलबार, चैत्र १७ २०७७
7.9K
SHARES

फाईल तस्बिर

युवा संघ नेपालले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई पार्टीबाट निलम्बन गरिएको भनिएको घटनाप्रति गम्भीर आपत्ति प्रकट गरेको छ । युवा संघ नेपालले आज एक विज्ञप्ति जारी गरी सो घटनाप्रति आपत्ति प्रकट गरेको हो । विज्ञप्तिमा दलाल नोकरशाही पुँजीपति वर्गको आड भरोसा र अवसरवादमा परी कम्युनिष्ट एकतालाई भाँड्ने र विघटनसम्म लैजाने उद्धेश्यले सो घटना गराइएको उल्लेख छ ।
युवा संघ नेपालका अध्यक्ष नरेशकुमार शाहीद्वारा जारी विज्ञप्तिमा उक्त कार्य समाजवाद निर्माणको आधारशीला निर्माण गर्ने प्रतिबद्धता विपरित मुलुकलाई गम्भिर राजनीतिक अस्थिरताको भड्खालोमा पुर्याउन उद्यत रहेको दाबी गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा