बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

थरुहट संघर्ष समिति र सरकारबीच वार्ता सुरू


  • मंगलबार, चैत्र १७ २०७७
10K
SHARES

फाईल तस्बिर

थारू कल्याणकारिणी सभासहित आन्दोलनरत् थरुहट संघर्ष समिति र सरकारबीच वार्ता सुरू भएको छ।

समाजवादी पार्टीका सांसद रेशम चौधरीको रिहाइलगायतका मुद्दामा वार्ता गर्न संघर्ष समिति र  सरकारी वार्ता टोलीबीच गृह मन्त्रालयमा मंगलबार दिउँसो वार्ता सुरू भएको हो।

कल्याणकारिणी सभाका पदाधिकारी, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईबीच वार्ता सुरू भएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले बताए।

गृहमन्त्री थापाको संयोजकत्वमा वार्ता टोली गठन भएको थियो।

सभाले १९ बुँदे माग सरकारसँग राखेको छ। सो माग पूरा भए समाजवादी पार्टीले प्रधानमन्त्री केपी ओलीसँग सत्ता साझेदारी गर्ने सम्भावना बलियो छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा