अध्यक्ष केपी ओलीले नेता माधव नेपाल र भीम रावललाई पार्टीबाट ६ महिना निलम्बन गरेको भोलिपल्ट नेता घनश्याम भूषालले एक न एक दिन ओली दण्डित हुने दिन आउने भन्दै स्पष्टीकरण पेश गर्नुभएको छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आफूलाई सोधेको स्पष्टीकरणको जवाफ दिँदै नेता भूषालले ओली व्यक्तिवादको घोर नशामा फसेको भन्दै त्यसबाट ब्यूझँन पनि भन्नुभएको छ ।
ओलीलाई व्यक्तिवादको घोर नशाबाट ब्यूँझन आग्रह गर्दै नेता भूषालले बुझाएको स्पष्टीकरणमा सत्ता र शक्तिको भोगको हिसाबले तपाईँले पाउन अझै के बाँकी छ ? भनि प्रश्न गर्नुभएको छ ।
भूषालले लेख्नुभएको छ, ‘मेरो लाख–लाख अनुरोध छ, कमरेड ! यस पार्टीलाई अगाडि बढ्न दिनुस् । अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्यूँझनुस् । क्रान्ति त अघि बढ्छ, बढ्छ । आज वा भोलि वा पर्सी तपाईँ दण्डित हुनु हुनेछ ।
भूषालले ओलीलाई लेखेको पत्र
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।