शनिबार, साउन ९ २०८३
ताजा अपडेट

खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै


  • मंगलबार, चैत्र १७ २०७७
15.4K
SHARES

तस्विरः फाइल

आन्तरिक विवाद चुलिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्ने भएको छ।
मंगलबार दिउँसो बैठक बस्न लागेको भए पनि स्थान र समय टुंगिन बाँकी रहेको उक्त समूहका एक स्थायी समिति सदस्यले जानकारी दिए।

यसअघि सोमबार साँझ प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेका थिए।

ओलीको उक्त कदमको विरोध गर्दै नेपालले आफूले ओलीको डटेर सामना गर्ने बताएका थिए।

ओलीले आफ्ना समूहका नेताहरूलाई कारबाही गर्न थालेपछि खनाल-नेपाल समूहले जिल्लाहरूमा समानान्तर समिति बनाउने रणनीति बनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा