शनिबार, साउन ९ २०८३
ताजा अपडेट

ओलीले विरोधीलाई लिए बदला : अब के गर्लान् माधव नेपाल ?


  • मंगलबार, चैत्र १७ २०७७
9.1K
SHARES

फाईल तस्बिर

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता बदर गरेर एकताअघिको नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेमा हलचल झनै पैदा भएको छ ।

तत्कालीन नेकपामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मनपरी ढंगले सरकार चलाउने, पार्टीसँग कुनै परामर्श नगर्ने, राजनीतिक नियुक्तिमा आफ्नालाई च्याप्नेमात्र नभई पार्टीलाई विधि र पद्दतिमा सञ्चालन नगरेको भन्दै प्रचण्डसहित माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठसहितका ९ सदस्यीय सचिवालयका ५ जनाले ‘विद्रोह’ गर्दै ओलीविरुद्ध मोर्चाबन्दी गरेपछि पार्टीमा दुई लाइन संघर्ष सुरु भएको थियो ।

कम्युनिस्ट पार्टीमा दुई लाइन संघर्ष सामान्यजस्तै भए पनि ओलीले ‘विरोधीलाई देखाइदिने शैली’ मा थप निर्णयका साथै अन्तिम अस्त्रका रुपमा प्रतिनिधिसभा नै विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय गरेपछि पार्टी राजनीतिक रुपमै विभाजित बन्यो ।

नेपाल समूहले ओलीलाई पार्टी अध्यक्ष र साधारण सदस्यसमेत नरहने गरी निस्कासनको घोषणा मात्रै गरेन, उनको कदमविरुद्ध सडक संघर्ष नै गर्यो ।

अहिले नेकपामा दुई स्पस्ट खेमा देखिदै आएको छ ।

नेपाल समुह समानान्तर कमिटी बनाउदै हिडेको अबस्थामा पार्टी अध्यक्ष र प्रधानमन्त्री समेत रहेका ओलीले नेपाल र उपाध्यक्ष बामदेब गौतमलई कारबाहि स्वरुप ६ महिना पार्टी सदस्य समेत बाट निलम्बन गरेपछी नेपाल समुहले कस्तो कदम चाल्छ भन्ने कुरो चासोको बिषय छ ।

नेपाल समुहले कारबाहि नमान्ने र केपी ओली नेकपा एमालेको अध्यक्ष नभई ओली समुहको मात्रै अध्यक्ष भएको कडा टिप्पणी गरिसकेको अबस्था छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा