बरिष्ठनेता माधब नेपाल र उपाध्यक्ष भिमरावललाई लौरी चलाएपछी, नेकपा एमाले विभाजनउन्मुख भएको आम कार्यकर्ताहरुको बुझाई छ ।
पार्टी अध्यक्ष र प्रधानमन्त्री समेत रहेका केपी ओलीले बरिष्ठनेता माधब नेपाल र उपाध्यक्ष भिम रावललाई पार्टी हित बिपरित काम गरेको भन्दै कारबाही स्वरुप पार्टी सदस्य समेत निलम्बिन गरेर लौरी चलाए पछी नेकपामा हलचल पैदा भएको हो ।
नेकपा एमालेमा समानान्तर गतिविधि गर्दै आएका वरिष्ठ नेता माधवकुमार नेपालसहित उपाध्यक्ष भीम रावललाई संस्थापन पक्षले कारबाहीको घोषणा गरेपछि सो पार्टीमा हंगामा भएको छ ।पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाल र रावललाई बुधबार ६ महिने निलम्बनको घोषणा गरेका हुन् । ओलीले पार्टी विरोधी गतिविधि गरे थप कारबाहीको चेतावनी समेत दिएका छन् ।
संस्थापन पक्षको कारबाहीको घोषणालगत्तै नेपाल समूहले कडा आपत्ति जनाएको छ भने ओली समूहले कारबाहीलाई स्वाभाविक रहेको प्रतिक्रिया दिएको छ । यद्यपी प्रतिनिधिसभाको सबैभन्दा ठूलो पार्टीभित्र देखिएको विवाद विभाजनउन्मुख भएको पार्टीकै नेता कार्यकर्ताले टिप्पणी गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।